मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिनापछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।

अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रूपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बेलविछवा चोकनजिक रहेको नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीको भनाइ रहेको छ ।

तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार रहँदै आएको रौतहट प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्लाविरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दिर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी भएको हत्यामा समेत उनी मुछिएका छन् ।