मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

भारतीय नागरिकलाई बन्धक बनाउने नौ जना सार्वजनिक, बन्धक बनाइएका ११ जनाको उद्धार

भारतीय नागरिकलाई बन्धक बनाउने नौ जना सार्वजनिक, बन्धक बनाइएका ११ जनाको उद्धार

अमेरिका पठाउन प्रतिव्यक्ति ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ मागिएको पुष्टि


शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका नौ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो।

Advertisement
ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार नौ जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।

आरोपितले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो। नेपाली नागरिक गिरीले आरोपितका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ।

उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिष कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताए।

 

शेयर गर्नुहोस:

1.8k
Shares