मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत

पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन् । उनले अब एक जना मान्छे पनि पैसा नभएका कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने जिकिर गरे ।

मन्त्री बस्नेतले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने उल्लेख गरे । उनले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताए ।

उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे । द्वन्द्वकालका घाइतेहरूको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।

मन्त्री बस्नेतले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरूलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरूमा सुधार आइरहेको बताए । अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ ।

उनले स्वास्थ्यकर्मीहरू दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताए ।