मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

संविधानमा निःशुल्क भनिएका स्वास्थ्य सुविधा उपलब्ध गराउँछौँ : स्वास्थ्यमन्त्री बस्नेत

संविधानमा निःशुल्क भनिएका स्वास्थ्य सुविधा उपलब्ध गराउँछौँ : स्वास्थ्यमन्त्री बस्नेत


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

ललितपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुन नहुने बताएका छन्। मन्त्री बस्नेतले संविधानले निःशुल्क भनेका स्वास्थ्य सुविधालाई नेपाल सरकारले उपलब्ध गराएको जानकारी पनि दिए।

मानसिक स्वास्थ्य अस्पताल लगनखेलको किशोरकिशोरी मानसिक स्वास्थ्य एकाइ उद्घाटन समारोहमा मन्त्री बस्नेतले हरेक एक सय जनामा १० मानसिक रोगी भेटिने गरेको तथ्य पाइएको पनि उल्लेख गरे।

“बालबालिका र किशोरकिशोरीका लागि एकीकृतरूपमा छुट्टै युनिट खडा गरेर उपचार सेवा दिने उद्देश्यले यो सेवा सुरु गरेकामा हार्दिक आभार दिन चाहन्छु। सरकारले गर्नुपर्ने काम निजी साझेदार संस्था र विकासका साझेदार संस्थाबाट भएको छ। मानसिक रोगी बढ्नुका कारण पत्ता लगाएर त्यसलाई रोक्न ध्यान दिनुपर्छ”, मन्त्री बस्नेतले भने।

समस्यामा परेका व्यक्तिले समयमा उपचार पाउने सुनिश्चितता छैन भन्ने साचेर पनि मानसिक रोग बढेको भन्ने पाइएकाले यसका लागि राज्य, सङ्घसंस्था र नागरिक सबै मिलेर समाधानको प्रयास सुरु गर्नुपर्छ भने।

 

शेयर गर्नुहोस:

81
Shares