नेपाल

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय

क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएका हुन् ।

Advertisement

ढकालको इजलासले उनीबाट तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ। यही पुस १३ गते सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै अदालतले फैसला सुनाएको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यसैबीच, लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।