मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रूपमा कार्यान्वयन हुन जरुरी रहेको बताए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रूपमा समानन्तर बनाउनुपर्ने धारणा राखे । उनले भने, “राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य क्षेत्रमा नर्स तथा डाक्टर उत्पादन हुन नसक्ने अवस्था छ । त्यसैले यसको संशोधन आवश्यक छ ।”

स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले मानव अधिकारको संरक्षण, संवर्द्धन, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार, आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँचलगायत काममा मन्त्रालय निरन्तर लागिरहेको बताइन् ।

उनले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा ज्येष्ठ नागरिकका स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी सङ्घीय संरचनाबमोजिम स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनमा आएको जानकारी दिइन् ।

गुरागाइँले उक्त रणनीतिको समयानुकूल परिमार्जन सहित ल्याइएकाले यसको कार्यान्वयनसँगै स्वास्थ्य सेवा थप प्रभावकारी हुँदै जाने बताइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले राज्यका तीनै तहमा गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिगत व्यवस्था, संस्थागत संयन्त्रको गठन एवम् सोको कार्यान्वयन, बहु क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । प्रदेश तथा स्थानीय तहको साझा प्रयासबाट मात्र स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन हुने भएकाले यो रणनीति कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।