मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

खेन्पो वागिन्द्र शीलको उपस्थितिमा ड्यालसमा बाैद्ध कार्यक्रम सम्पन्न

खेन्पो वागिन्द्र शीलको उपस्थितिमा ड्यालसमा बाैद्ध कार्यक्रम सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । खेन्पो वागिन्द्र शीलको उपस्थितिमा अमेरिकाको टेक्ससको ड्यालसमा बुद्ध धर्म सम्बधित कार्यक्रम भएको छ । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सस तथा तामाङ्ग समाज टेक्ससको संयुक्त निमंत्रना मा खेन्पो वागिन्द्र शील ड्यालस शहरमा आउनु भएको हो ।

खेन्पो वागिन्द्र शीलको एक साताको ड्यालस बसाईको अवसरमा नेपाली सांस्कृतिक तथा अाध्यात्मिक केन्द्र, पल्युल छ्याँग्चुब धर्ग्यलिंग गुम्बा जस्ता धार्मिक र आध्यात्मिक संस्था देखि लिएर बुद्ध धर्ममा आस्था भएका थुप्रै व्यक्ति हरुले आ-आफ्नो घरमा बोलाई धार्मिक कार्यक्रम तथा अनुस्ठानहरु हप्तै भरि गरेको छ ।

यसै शिलशिलामा नेपाली सांस्कृतिक तथा अाध्यात्मिक केन्द्र, नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा तामांग समाज टेक्सास संग संयुक्त रुपमा एउटा प्रवचन र ध्यानको कार्यक्रम शनिबार यूलेस स्थित पशुपतिनाथ तथा बुद्ध विहारमा आयोजना गरेको छ।


प्रवचन कार्यक्रममा खेन्पोले दोमांग को महत्व, दोमांगमा भएका शुत्रहरु र केहि महत्वपूर्ण शुत्रको अर्थका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको दोश्रो चरणमा उहाँले ध्यानको महत्व र चरणबद्ध तरिकामा कसरि ध्यान गर्ने भन्ने शिक्षा दिनु भएको थियो। उक्त कार्यक्रममा नेपाली केन्द्रका तर्फ़ बाट अध्यक्ष रमेश पोख्रेलले स्वागत मन्तब्य राखु भएको थियो भने कार्यक्रमको संचालन नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासका उपाध्यक्ष्य डा नीरज बज्राचार्यले गर्नु भएको थियो।

यसरि नै पल्युल छ्याँग्चुब धर्ग्यलिंगले आफ्नो गुम्बामा नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सास तथा तामांग समाज टेक्सास संग संयुक्त रुपमा अर्को प्रवचन र ध्यान को कार्यक्रम गत आइतबार आयोजना गरेको छ। उक्त कार्यक्रममा खेन्पो ले दोमांग मा भएका थुप्रै शुत्र हरु वाचन गर्नुका साथै अर्थ समेत बतानु भएको थियो। त्यस्तै वहाँले ध्यान गर्नुको फायद हरु वर्णन गर्दै कसरि चार चरणको ध्यान गर्ने भन्ने शिक्षा दिनु भएको थियो । यी चार चरण मध्ये प्रथम चरणमा अनापानसती ध्यान, दोश्रो चरणमा मैत्री ध्यान, तेश्रो चरणमा तोम्लिंग ध्यान र अन्तिम चरणमा विपस्सना ध्यान को बिधिको शिक्षा दिनु भएको थियो। उक्त कार्यक्रम को संचालन तामांग समाज टेक्सास का अध्यक्ष सुर्य तामाङ्गले गर्नु भएको थियो।

११ बर्षको उमेरमा प्राचिन दिङ्ग्मा परम्परा अनुसार बुद्ध धर्ममा प्रवेश गरि बुद्ध शिक्षा प्राप्त गरि खेन्पो हुनुभएका वागीन्द्र शील बुद्ध धर्ममा प्रवेश अगाडी नन्दप्रसाद तिमिल्सिना हुनुहुन्थ्यो। उहाँ २००८ साल देखि धर्म गुरु दलाइ लामाको नेपाली अनुवादक भई सेवा गर्दै आउनु भएको छ।

थुप्रै लेख रचना का साथै पुस्तक हरु लेखि सक्नु भएको खेन्पो ले बौद्ध धर्मको महत्वोपूर्ण ग्रन्थ दोमांग नेपालीमा अनुबाद गर्नु भएको छ। हालै वहाँ आफ्नो जन्मस्थल सिन्धुपाल्चोकमा बुद्ध पार्क तथा गुम्बा बनाउन अग्रसर हुनु हुन्छ।