मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा बिहीबार आयोजित नवौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गरेका हुन् ।

“हामीले विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आइटी तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, सभामुखले भने, “आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध गर्दछु ।”

उनले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताए । “सभामुखका हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ ”, उनले भने ।

कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरूको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने विश्वास सभामुखले व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैधले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रूपमा विकास गरी लगानी आकर्षण गर्नु मेलाको उद्देश्य भएको बताए ।

देशमा आर्थिक मन्दी र बढ्दो व्यापारघाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात बढाउनका उत्पादनको प्रवर्द्धन बढाउनुपर्नेमा उनले जोड दिए । सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डीराज ढकालले नेपाली उत्पादनलाई बजारमा पुर्‍याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताए ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार विकास ब्युरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताए । नेपालका लागि चीनका राजदूत छन् सङसहित उद्योग वाणिज्य क्षेत्रसँगसम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनीकक्ष छन् ।