मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १० : ५१ बजे उत्तम

भाइटीकाको शुभ साइत कात्तिक २९ गते १० : ५१ बजे उत्तम

भाइटीकाको साइत कुन देशमा कहिले ? अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको विज्ञप्ति (सूची)

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १० : ५१ बजे शुभ रहेको जनाएको छ ।

भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरू हुने छ । तिहार नेपालीको दोस्रो ठूलो चाड हो । नेपालमा धेरैले मनाउने दसैँ र तिहारलाई राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ।

यस्तै, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अन्य देशको लागि पनि भाइटीको शुभ साइतको समय निर्धारण गरेको जनाएको छ ।