काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ

काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ

भूकम्प


शेयर गर्नुहोस:

2.2k
Shares

  • change font
  • change font

शुक्रबार राति ११ः४७ बजे काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।

पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो ६.४ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।

Advertisement

पश्चिम नेपालका विभिन्न ठाउँमा केन्द्रविन्दु रहेर केही समययता लगातार भुइँचालो गइरहेका छन्। त्यहाँ लामो समयदेखि ठूलो भुइँचालो नगएकाले ठूलो भूकम्पीय शक्ति थुप्रिएर रहेको भूगर्भविदहरू बताउँछन्।

Read more: काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ