मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

एनआरएनए अध्यक्षमा डा बद्री केसी, महासचिवमा गौरी जोशी निर्वाचित (भिडियो सहित)

एनआरएनए अध्यक्षमा डा बद्री केसी, महासचिवमा गौरी जोशी निर्वाचित (भिडियो सहित)

डा केशव पौडेल, सुनिल शाह पराजित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्वका लागि भएको निर्वाचनमा डा बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् ।

उनले १ हजार ३ सय ७८ मत ल्याएर जित हासिल गरेका हुन् । उनी पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्र कुमार शर्माले १२८१ र महेशकुमार श्रेष्ठले १२२५ मत पाए ।
उपाध्यक्ष पदमा डा विनोद श्रेष्ठ, हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राम शरण सिंखडा, रेग्मी, रोविन प्रसाद शेरचन निर्वाचित भएका छन् ।

अमेरिका वाट उम्मेदवारी दिने डा केशव पौडेल, सुनिल शाह भने उपाध्यक्ष पदमा पराजित भएका छन् ।

महासचिवमा गौरी जोशी निर्वाचित भएका छन् । उनले २०२३ मत पाए । उनका निकट प्रतिस्पर्धी बुद्धी सुवेदीले १८१८ मत पाए । महासचिववमा दुवै जना अमेरिका वाट उम्मेदवार भएका थिए । अमेरिकाज क्षेत्रिय संयोजकमा वेद बस्नेत चयन भएका छन् ।

एनआरएनए निर्वाचनको परिणाम पछी असन्तुष्ट पक्षले चर्को नाराबाजी गरेको छ, भिडियो लिन्कं !

https://fb.watch/nNkq_-yMYA/