मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   
मुख्य समाचार   

बोस्टनमा नेजाको समन्वयात्मक बैठक : संस्थागत एकता, समन्वय र सहकार्य गर्नुपर्नेमा जोड

बोस्टनमा नेजाको समन्वयात्मक बैठक : संस्थागत एकता, समन्वय र सहकार्य गर्नुपर्नेमा जोड

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाको बोस्टनमा आयोजना गरेको “संस्थागत परिचय एवम् समन्वयात्मक बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम अक्टोबर १५ तारिख आइतबार घटस्थापनाको दिन मासाच्युसेट्स राज्यको ब्रेनट्रीस्थित मूलबासी नेपालीहरुको सामुदायिक भवनमा सम्पन्न भएको हो। मासाच्युसेट्स राज्यमा क्रियाशील रहेका मूलबासी नेपालीहरु आबद्ध संघसंस्थाहरुबीच स्थापित भातृत्व, एकता र सहकार्यको सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउने मूल उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरुले सामुदायिक हितार्थ क्रियाशील संघसंस्थाहरुबीच एकता, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । न्यू इङ्गल्याण्ड क्षेत्रका धेरै नेपाली संघसंस्थाहरु क्रियाशील भइरहेको तर विविध कारणले आपसमा यथोचित चिनजान, एकता, समन्वय र सहकार्य हुन नसकिरहेको स्वीकार गर्दै सहभागीहरुले नेजाले चालेको पहलकदमीको खुलेर प्रशंसा गरेका थिए।

नेजाका कारण इतिहासमै पहिलोपटक विभिन्न संघसंस्थाहरुबीच संस्थागत परिचय र समन्वयात्मक बैठक हुन सकेको जिकिर गर्दै सहभागीहरुले भावी दिनहरुमा पनि यसप्रकारको क्रियाकलापलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

मन्तव्य व्यक्त गर्ने क्रममा सहभागीहरुले संघसंस्थाहरु र समुदायको उत्थानका लागि प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहने स्मरण गर्दै प्रेसले खेलिरहेको सक्रिय भूमिकाका लागि धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमा नेपाल अमेरिका पत्रकार संघ .(नेजा)का क्षेत्रीय (उत्तरपूर्व) संयोजक सुपेन्द्र बस्नेतले संस्थाको ध्येय, लक्ष्य, उद्देश्य र क्रियाकलापहरुका बारेमा प्रकाश पार्दै संस्थागत संक्षिप्त परिचय प्रस्तुत गरेका थिए ।

सूचनाको हक तथा मानवअधिकारको सुनिश्चितता, स्वतन्त्र, निर्भिक र निष्पक्ष पत्रकारिता, व्यावसायिक पत्रकारिता जस्ता मूलभूत विषयहरु नै प्रेस जगतको मूल मर्म भएको बताउदै संयोजक बस्नेतले त्यसप्रति नेजा प्रतिबद्ध रहेर अघि बढिरहेको प्रस्ट्याएका थिए । उनले प्रेस जगत र अन्य संघसंस्थाहरुको मूल उद्देश्य नेपाली समुदायको भलो चिताउनेर गर्ने नै भएकाले आपसमा एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको दौरानमा उनले आउँदै गरेका नेपाली चाडपर्वहरु बडादसैँ, तिहार, न्यू दयाः भिन्तुना, छठलगायतको शुभकामनासमेत व्यक्त गरेका थिए । कार्यक्रमका अन्य सहभागीहरुले पनि आफ्नो र आफ्नो संस्थाको संक्षिप्त परिचयसहित आआफ्ना धारणाहरु राख्दै शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा मासाच्युसेट्स तथा न्यू इङ्गल्याण्ड क्षेत्रका मूलवासी नेपालीहरु आबद्ध रहेका १५ वटा क्रियाशील संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।