मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : अध्यक्ष ढकाल

दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : अध्यक्ष ढकाल

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र संघको सहकार्यमा एफएनसिसिआईले आयोजना गरेको सातौं दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिएका छन् ।

उनले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औँल्याए । उनले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताए ।

अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्‍याइरहेको बताए ।

ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिएका छन् । उनले व्यावसाय मैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए ।