अमेरिका समाचार

नेपाली समाजको साधारण सभा सम्पन्न

नेपाली समाजको साधारण सभा सम्पन्न


ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आइतबार सम्पन्न साधारण सभाले विधान संशोधन गर्नुका साथै आउँदो नयाँ नेतृत्व चयन गर्नका लागि दुई समिति गठन गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा भएको साधारण सभामा विधान समितिद्वारा पेश भएको प्रस्तावित विधानलाई सामान्य संशोधन सहित पारित भएको छ । विधानले गरेको नयाँ व्यवस्था अनुसार नोभेम्बर १५ तारिकभित्र सदस्यता लिइसकेका सदस्यहरुले मात्र चुनावमा मताधिकार पाउनेछन् ।

Advertisement

डिसेम्बर तेस्रो साताभित्र नयाँ नेतृत्व चयनका हरेक दुई वर्षमा निर्वाचन हुनेछ । साधारण सभाले पूर्ब अध्यक्ष दिनेश शर्माको अध्यक्षतामा सदस्यता समिति गठन गरेको छ । त्यस्तै पूर्ब अध्यक्ष बैकुण्ठ बिक्रम थापाको अध्यक्षतामा निर्वाचन समिति गठन गर्ने प्रस्तावलाई समेत साधारण सभाले अनुमोदन गरेको छ ।

नेपाली समाज टेक्ससमा झण्डै चारहजार सदस्य रहेका छन् । यो टेक्ससकै सबैभन्दा ठूलो नेपाली संस्था हो ।

२५ वर्ष अघि सन् १९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससले भरखरैमात्र आफ्नो रजत जयन्ति कार्यक्रम भव्य रुपमा मनाएको छ ।

साधारण सभामा महासचिव सन्देश उप्रेतीद्वारा पेश भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिनेश न्यौपानेद्वारा प्रस्तुत आर्थिक प्रतिवदेन समेत पारित भएको छ ।

साधारण सभाको उदघाटन कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, युलेस सिटी काउन्सिल सदस्य टिका पौडेल, संस्थापक महासचिव सुन्दर कर्माचार्य, पूर्ब अध्यक्ष बैकुण्ठ थापा, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला लगायतले शूभकामना दिएका थिए ।

 

शेयर गर्नुहोस:

3.1k
Shares