मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या नौ हजार बढी, १२ लाख मानिस विस्थापित

सुडान युद्धमा मृत्यु हुनेको सङ्ख्या नौ हजार बढी, १२ लाख मानिस विस्थापित


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

खार्तूम । सुडानको खार्तूमको दक्षिणमा रहेको जबल अवलियामा अर्धसैनिक बलले शनिबार गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको अधिकारकर्मीहरूले बताएका छन् ।

स्थानीय ‘प्रतिरोध समिति’का अनुसार शहरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको सानो सहरमा ‘सर्वसाधारणको घरभित्र बम खसेको’ छ ।

यो स्वयंसेवी समूह सुडानभरि प्रजातन्त्रसमर्थक प्रदर्शन गर्ने थुप्रै समूहमध्ये एक हो । गत अप्रिल १५ मा सेना र अर्धसैनिक बलबीच युद्ध सुरु भएयता यी समूहले द्वन्द्वमा फसेका मानिसहरूलाई सहयोग गरेका छन् ।

अर्धसैनिक बलहरूले सुडानका प्रतिद्वन्द्वी जनरलहरू बीचको लडाईंबाट पहिले जोगिएका क्षेत्रहरूमा भएको उनीहरूको पछिल्लो आक्रमणमा शहरमा ‘कैयौँ तोप’ प्रहार गरेको जबल अवलियाको समितिले रिपोर्ट गरेको छ ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी ¥यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० कमान्डर मोहम्मद हमदान डग्लोबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध हुँदै आएको छ ।

सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजना (एसिएलइडी)ले अक्टोबरसम्ममा ‘नौ हजारभन्दा बढी मृत्यु’ रेकर्ड गरिएको शुक्रबार जानकारी गराएको छ ।

यस लडाईंका कारण सुडानमा करिब ४३ लाख मानिस विस्थापित भएका छन् भने करिब १२ लाख मानिस सीमा पार विस्थापित भएका छन् ।

हालैका हप्ताहरूमा, हिंसा अझ दक्षिणतिर सरेको छ, जसले राजधानीको दक्षिणमा अल जजिरा राज्यमा आश्रय लिएका तीन लाख ६६ हजारभन्दा बढी मानिसहरूको कमजोर सुरक्षालाई थप खतरामा पारेको छ ।

राजधानीबाट २०० किलोमिटर दक्षिणमा पर्ने खार्तूम र जजिरा राज्यको राजधानी वाड मदनीबीचको सडकमा आरएसएफले चेकप्वाइन्ट स्थापना गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

लाखौँ मानिस फसेको खार्तूममा पनि युद्ध सुरु भएयता एक दिन पनि राहत मिलेको छैन । शहरको उत्तरी भागका प्रत्यक्षदर्शीहरूले शनिबार फेरि ‘हवाई आक्रमण’ र सडक आक्रमण भएको जानकारी दिएका छन् । एएफपी/रासस

शेयर गर्नुहोस:

162
Shares