मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे


शेयर गर्नुहोस:

3.3k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ ।

यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

Advertisement

घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

गत साउन महिनामा अधिकमास परेका कारण यसवर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरू हुँदैछ । कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ ।
कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

शेयर गर्नुहोस:

3.3k
Shares