मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद् भोजनी

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद् भोजनी

सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुने प्रतिबद्धता

हिमालय खबर

शेयर गर्नुहोस:

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाएका छन् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे ।

पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तर्क्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुने बताए । ‘मेरो खुसीको सीमा छैन’, भोजनीले भने, ‘अमेरिकामा रहने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।’

पाकिस्तानी मूलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन् । उनी नेपाली समुदायबीच लोकप्रिय पनि छन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । उनले भने, ‘टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागे मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।’

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । ‘पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ’, सांसद भोजनीले भने ।

सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाएका उनी अमेरिकाको प्रतिष्ठित पदमा पुगेका छन् । उनले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरे ।

भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल छन् । नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि पर्छन् । वरिष्ठ अधिवक्तासमेत रहेका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाएका छन् ।

टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेलेका थिए अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए ।

सो अवसरमा भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो सङ्घर्षका कथाहरू सुनाए । उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गरेका छन् ।

पर्यटन गीत

सो अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बालगीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ ।

पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताए ।

साहित्यका एवं चिकित्सक डा भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको प्रवर्द्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नयाँ गीतले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गरे ।