मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत

उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या हुँदैन : मन्त्री बस्नेत


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

बाँके । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताए ।

Advertisement
ADVERTISEMENT

‘यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ’, मन्त्री बस्नेतले भने, ‘आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।’ आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।

नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गरे ।

शेयर गर्नुहोस:

27
Shares