मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्याएकामा उनलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।

मूल समारोह समितिले मंगलबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दनपत्रद्वारा सम्मान गरे । उनलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो ।

Advertisement

काठमाडौँ महानगरपालिकाको सहकार्यमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दास जन्म शताब्दी वर्ष मूल समारोह समितिकातर्फबाट उनलाई अभिनन्दन गरिएको हो । वरिष्ठ चिकित्सक डा दासलाई नागरिकस्तरबाट विभिन्न निकाय र सङ्घसंस्थाकाका तर्फबाट पनि दोसल्ला र प्रसंशापत्रसहित अभिनन्दन गरिएको थियो ।

त्यस्तै पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालालगायतले उनलाई माल्यार्पण गरी अभिनन्दन गरे ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा सेवा, मानव अधिकार, व्यवस्थापन, समाजसेवा र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान गरेका शिखर व्यक्तित्व डा दासको बहुआयामिक व्यक्तित्व र अमूल्य कार्यप्रति सबैले उच्च सम्मान र गौरव गर्नुपर्ने बताए ।

सिरहाको इनरवामा विसं १९८१ मा बुबा जनार्दन लाल दास र आमा स्व भवानी देवीको कोखबाट जन्मनुभएका डा दासले वीर अस्पतालबाट चिकित्सा सेवा आरम्भ गरी सात दशकदेखि विभिन्न निकाय र क्षेत्रमा योगदान दिइरहेका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय हुन् ।

भारतको पटना विश्वविद्यालय र लण्डनको वेल्स नेसनल स्कुल अफ मेडिसिनबाट आफ्नो अध्ययन पूरा गरेका डा दासले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो ।

उनले राष्ट्रिय योजना आयोग, लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयलगायतमा सरकारी सेवा गरेका थिए । विभिन्न प्रतिष्ठित संस्थामा सामाजिक कार्यगरी धेरै सङ्ख्यामा पुरस्कार र सम्मान पाएका छन् ।

शेयर गर्नुहोस:

108
Shares