मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
खेलकुद   
टेक्सस   
मुख्य समाचार   

‘रोयल नेपाल ब्लु’ प्रथमस्थान हासिल गर्न सफल

‘रोयल नेपाल ब्लु’ प्रथमस्थान हासिल गर्न सफल

विजेता टिमले पाँच हजार डलर नगद पुरस्कार

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

टेक्सस (अमेरिका)-  युलेस रोयल फुटबल क्लबद्वारा (यूआरएफसी) पहिलो पटक आयोजित टेक्ससस्तरीय ‘यूआरएफसी लोनस्टार फुटबल प्रतियोगिता’ गत आइतवार सम्पन्न भएको छ।

फोर्ट वर्थस्थित रोलिङ हिल्स सकर कम्प्लेक्समा शनिवार र आइतवार ( सेप्टेम्वर ९ र १०, २०२३) दुईदिनसम्म भएको सकर प्रतियोगितामा डालस, अस्टिन लगायतका सहरबाट १८ फुटबल क्लबका २८ टोलीले सहभागिता जनाएका थिए।

नियमित १६ र ३५ वर्ष र सो भन्दा माथिका उमेर समुहका १२ समुहले सहभागिता जनाएको सकर प्रतियोगितामा नियमित समुहबाट ‘रोयल नेपाल ब्लु’ले डिएफडब्लु हिमालयज ग्रीन’लाई ४-३ गोलले हराउँदै प्रथमस्थान हासिल गर्न सफल भएको छ। निर्धारित समयमा ४-४ गोलको बराबरी खेलेका दुबै क्लबबीचको फाइनल खेलको नतिजा ‘पेनाल्टी सुटआउट’को आधारमा गरिएको थियो।

यसै गरी ३५ वर्ष उमेर समुहको सकर प्रतियोगिता भने डालस गोर्खा भेटेरान्सले जितेको छ। गोर्खा भेटेरान्सले नर्थ अस्टिन फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै विजयी ट्रफी चुम्न सफल भएको हो। ३५ वर्ष माथि उमेर समुहको फाइनल खेल पनि नियमित समयमा दुबै टिमले २-२ को बराबरी खेलेपछि अतरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा गोर्खा भेट्रान्सले गरेको एक गोलले नै उसलाई प्रतियोगिता जित्न सघाएको हो।

खेल भावनाको प्रवर्द्धनका साथै प्रतिभावान खेलाडी र खेलकुदको विकास गर्न प्रतिबद्ध फुटबल प्रशंसकहरूको अग्रसरतामा संगठित युलेस रोयल फुटबल क्लब (यूआरएफसी)को सक्रियता र स्थानीय खेलप्रेमी र प्रशंसकहरुको आर्थिक, प्राविधिक एवं सामाजिक सहयोगबाट सम्पन्न फुटबल प्रतियोगिताले डालस लगायतका सहरुहरुमा नेपाली युवाहरुको सक्रियतालाई निकै सघाएको आयोजकहरुले हिमालय खबरलाई बताएका छन्।

डालसको नेपाली समुदायमा सक्रिय यूआरएफसीले खेलकुद गतिविधिहरूका अतिरिक्त नेपाली समुदायले आयोजना गर्ने सबैखाले कार्यक्रमहरुमा समेत सघाउँदै आएको छ।

टेक्सासका प्रतिभाशाली खेलाडी टोलीहरूबीच स्वस्थ प्रतिस्पर्धात्मक प्रतियोगिता गराउन लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिताको सफलता पश्चात यूआरएफसीले यस प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने लक्ष्य राखेको छ।

प्रतियोगितामा नियमित समुहको विजेता टिमले पाँच हजार डलर नगद पुरस्कार पाएको थियो भने ३५ वर्ष माथिको उमेर समुहको विजेता टोलीले तीन हजार पाँचसय डलर नगद पुरस्कार प्राप्त गरेको थियो। उप विजेता दुबै टिमले क्रमशः दुई हजार र एक हजार डलर पुरस्कार पाएका थिए। सहभागी अन्य टोलीहरू, व्यवस्थापकहरु, उच्चतम गोलकर्ता, उत्कृष्ट गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिएको थियो।