मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल   

अमेरिकाद्वारा दक्षिण एसिया, अरब देश र युरोपबीच रेल कोरिडोर बनाउन सहयोग गर्ने घोषणा

अमेरिकाद्वारा दक्षिण एसिया, अरब देश र युरोपबीच रेल कोरिडोर बनाउन सहयोग गर्ने घोषणा

राष्ट्रपति जो वाइेडनले उक्त योजनाको घोषणाबाट नेपाल, भारत, अरब देशलगायत युरोपलाई रेल मार्गबाट जोडिने छ ।


Indian G20

अमेरिका । अमेरिकाले एसिया मध्यपूर्व (अरब देश) र युरोप जोड्ने पूर्वाधारका लागि नयाँ साझेदारी योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत यो क्षेत्रलाई रेल कोरिडोर लगायतका पूर्वाधारबाट जोड्ने गरी नयाँ योजना घोषणा गरेको हो ।

भारतको नयाँ दिल्लीमा आयोजित जी—२० देशको सम्मेलनमा राष्ट्रपति जो वाइेडनले उक्त योजनाको घोषणा गरेका हुन् ।

सम्मेलन आयोजक भारतले पनि भारत, अरब देश र युरोप जोड्ने राजमार्ग बनाउने घोषणा गरेको छ । यसले नेपाल, भारत, अरब देशलगायत युरोपलाई रेल मार्गबाट जोडिने छ । चीनले ल्याएको बिआरआई पूर्वाधार योजनालाई लक्षित गरी भारतले यस्तो घोषणा गरेको हो । अमेरिकाले पनि यसमा समर्थन जनाउँदै नयाँ योजना ल्याएको हो ।

यो योजनालाई साउदी अरब, युरोप, युएई लगायतका देशले पनि समर्थन गरेका छन् । यस योजनाअन्तर्गत आठ देश मिलेर रेड कोरिडोर निर्माण गरिने छ । रेड कोरिडोरको घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् । यो योजनाले एसिया, मध्यपूर्व र युरोपबीचको व्यापार अझ सरल हुने विश्वास लिइएको छ । यी देशबीच आर्थिक कारोबार सजिलो हुने छ ।

यसबाट भारतसँग जोडिएको नेपालले पनि फाइदा लिन सक्ने छ । यो परियोजनाले नेपालका उत्पादनहरू पनि सजिलै अरब देश र युरोप पुग्न सक्छन् । यो रेल कोरिडोर नेपालको आर्थिक विकासका लागि पनि महत्त्वपूर्ण साबित हुन सक्छ ।

जी—२० को बैठकमा चीन र रसियाका राष्ट्रपति भने अनुपस्थित रहे । दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनका राष्ट्रपतिको अनुपस्थितिको विषय खड्किएको थियो । तर, यसलाई आयोजक भारतले आफ्नो पक्षमा उपयोग गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो सम्मेलनलाई विश्व मञ्चमा भारतको प्रभुत्व बढाउने गरी उपयोग गर्न सफल भएका छन् । अमेरिकी राष्ट्रपति वाइडेनले पनि चीन र रसियाका राष्ट्रपतिको अनुपस्थितिमा अमेरिकाको हितका लागि सम्मेलनलाई उपयोग गरे ।

पर्यावरण, युक्रेन—रसिया युद्ध र आर्थिक विकासको मुद्दामा केन्द्रित नयाँ दिल्ली जी—२० लिडर्स डेक्लरेसनपनि घोषणा गरिएको छ । यसलाई भारतका प्रधानमन्त्री मोदीले आफ्नो कूटनीतिक जीतका रूपमा लिएका छन् । अमेरिकाले पनि जी—२० बैठकलाई सफल भनेको छ ।
यो सम्मेलनले भारत र अमेरिकी सम्बन्धलाई अझ नजिक ल्याएको छ । (AP Photo/Evelyn Hockstein, Pool)