मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

मेगामिलियन ज्याकपट १ अर्ब ५५ करोड डलर पुग्यो

मेगामिलियन ज्याकपट १ अर्ब ५५ करोड डलर पुग्यो

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- शुक्रवारको मेगामिलियन ज्याकपटक कसलाई पनि नपरेकाले यो चिठ्ठाको पुरष्कार रकम १ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ । अव मंगलवार चिठ्ठाको नम्बर आउंदा ६ वटा नम्बर मिल्ने धनी वन्ने छन् ।

मंगलवार चिठ्ठाका नम्बर निकाल्दा आउंदा ६ वटा नम्बरसंग किनेको चिठ्ठा मिलेमा उक्त ज्याकपट पाइने छ । यो एक भन्दा धेरैलाई पर्न सक्छ । वा फेरी कसैलाई नपरेमा चिठ्ठाको रकम अझ वढ्छ । साताको दुई पटक खुल्ने यो चिठ्ठा ११३ पटकसम्म कसैलाई ज्याकपट नपर्दा ठुलो हुदैं गएको हो ।

तर, ज्याकपट पर्नेले सवै रकम भने हात पार्ने छैनन् । एकै पटक नगदमा पैसा लिनेको हो भने हातमा आधाजति मात्र रकम आउंछ । बांकी करमा जान्छ । यो चिठ्ठावाट प्राप्त नाफा समाजिक काममा खर्च गरिन्छ ।

ज्याकपट रकम वढ्दै गएपछि चिठ्ठा किन्नेपनि वढेका छन् । स्टोरहरुमा चिठ्ठाका ग्राहक वढेको छ । तर, यस्तो चिठ्ठा किन्दा वढी हौसिन हुदैंन ।

रमाइलोका लागि क्षमता अनुसार चिठ्ठा किन्नु राम्रो हुन्छ । यो चिठ्ठा ३० करोडमा एक जनालाई मात्र पर्ने संभावना छ ।

ज्यापकपट नपरेपनि अन्य केही नम्बर मिलेमा पनि पैसा पाइन्छ । त्यसैले किनेको चिठ्ठाको नम्बर हेरेर मात्र फाल्नु उपयुक्त हुन्छ । त्यहां सानो तिनो पैसा जितेको पनि हुन् सक्छ । तस्बिर: सामाजिक संजाल