मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि अस्पतालले दियो २७ लाख ५० हजार क्षतिपूर्ति

उपचारका क्रममा गर्भवतीको मृत्यु भएपछि अस्पतालले दियो २७ लाख ५० हजार क्षतिपूर्ति

हिमालय खबर

शेयर गर्नुहोस:

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । चितवनको भरतपुर-१० स्थित मनकामना अस्पताल प्रालिमा उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले आजै रु २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् ।

नवीनाको मृत्यु भएपछि शनिबार बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।