मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

आत्मनिर्भरता बढाउन आयातमा बढी कर : अर्थमन्त्री महत

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आत्मनिर्भरता बढाउन आलु प्याजलगायतमा कर बढाएको बताएका छन् ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले अत्यावश्यक वस्तुहरूमा आत्मनिर्भरता बढाउनका लागि यस्ता वस्तुको आयातमा कर बढाइने बताए ।

कृषिमा आधारित देश भए पनि कृषि उत्पादन नभएको बताउँदै उनले देशको उत्पादन बढाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर लागू गरिएको जानकारी दिए । “कृषिलाई उत्पादनमुखी बनाउने र कृषि उत्पादन बढाउने उद्देश्य राखी देशमा आयात हुने वस्तुमा मूल्य अभिवृद्धि कर लगाएका हौँ”, उनले भने “आलु र प्याजमा हामी करिब करिब आत्मनिर्भर भइसकेका छौँ, यसले कृषि उत्पादकहरू खुशी हुनुभएको छ ।”

अर्थमन्त्री महतले अहिले स्वार्थ समूह बलियो भएको र सबै ठाउँमै उनीहरूकै पकड रहेको उल्लेख गर्दै आफ्नो उच्च मनोबलका कारण मात्र यो दबाब थेग्न सकेको बताए । “संसदमा हुँदै नभएको कुरा आयो, मैले त्यहीअनुसार स्पष्ट कुरा राखेँ”, उनले भने “म खुला तस्बिरका रूपमा रहेको छु, त्यसकारण मैले त्यहाँ पनि सांसदहरूलाई बुझाएको छु ।”

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्तासमेत रहेका नेता महतले कुनै व्यक्तिलाई आरोप लागेकै भरमा दोषी भन्न नमिल्ने बताए । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको विषयमा पार्टीका कार्यकर्ताले सोधेको प्रश्नमा उनले कानुनको उल्लङ्घन गर्नेको कांग्रेसले कहिल्यै संरक्षण नगर्ने बताउँदै आरोपकै भरमै मात्र कारबाही नगर्ने स्पष्ट पारे ।

“रिस साँध्ने साधन नबनाई यसमा निष्पक्ष छानविन हुनपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने “कोही दोषी उम्किनु हुन्न, कोही निर्दोषी फस्नु पनि हुँदैन ।” रासस