काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । त्रिभुवन विमानस्थल भन्सारका एक अधिकारीले मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको पाइएको बताए । प्रहरीले अहिले विमानस्थलमा अपरेशन गरिराखेको छ ।
सुराकीको आधारमा अनुसन्धान विभागले सामान जाँचपास गरेर भन्सार हाताबाट बाहिर ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक भन्सार एजेन्ट र ट्याक्सी चालकसहित सुन बरामद गरेको हो । अनुसन्धान विभागका एक अधिकारीका अनुसार स्कुटरको पार्ट घोषणा गरेर सुन ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर पार्टमा सुन पनि जोडेर ल्याएको र त्यसको तौल यकिन हुन सकेको छैन ।
सुन कति परिणामको हो भन्ने खुलि सकेको छैन। तर अपरेशनका क्रममा केही व्यक्तिहरुलाई पक्राउ समेत गरिएको बताइएको छ । स्रोतका अनुसार सुन ८० केजीभन्दा माथि रहेको अनुमान गरिएको छ ।












प्रतिक्रिया