मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : चालकसहित छ जनाको मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : चालकसहित छ जनाको मृत्यु


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सोलुखुम्बुमा मंगलबार दिउँसो भएको मनाङ एयरको कल साइन एन–एमभी (एएस–५०) हेलिकोप्टर दुर्घटनामा परी चालक दलका एक सदस्यसहित त्यसमा सवार छ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौँ उडान भरेको उक्त हेलिकोप्टर दिउँसो सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ लाम्जुरापास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक एवं उद्धार समन्वय समितिका संयोजक प्रतापबाबु तिवारीका अनुसार दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन चेतबहादुर गुरुङसहित छ जनाको शव भेटिएको छ । सो हेलिकोप्टरमा पाँच जना म्याक्सिकोका नागरिक सवार थिए ।

Advertisement
ADVERTISEMENT

“दुर्घटनास्थलमा छ जनाको शव देखापरेको प्रहरीबाट जानकारी प्राप्त भएको छ”, उद्धार समन्वय समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्धार कार्यका लागि स्थानीयवासीसहित सुरक्षा निकायका जनशक्तिसमेत परिचालन गरिएको थियो ।

दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौँका लागि उडेको कल साइन (एनए–एमभी) कलसाइन भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

मन्त्री किरातीद्वारा दुःख व्यक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सोकसन्तप्त परिवारजमा समवेदना प्रकट गरेका छन् । उनले सरकारले दुर्घटनाको यथार्थ छानबिन गर्ने बताए ।

मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ‘सेफ्टी फस्ट’ को नीतिअनुसार नेपाली आकाशलाई सुरक्षित बनाउने काम गर्न सबैलाई आग्रह गरेको पनि बताए । “हुन त आकाशमा के हुन्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन । तथापि प्राविधिक तथा अन्य कारणले हुने दुर्घटनालाई रोक्न अधिकतम सतर्कता अपनाउनुपर्छ भन्ने सरकारको स्पष्ट नीति छ”, मन्त्री किरातीले भने ।

हेलिकप्टर दुर्घटनाबारे सरकारले अध्ययन समिति बनाएर छानविन गर्ने र दुर्घटनाको कारणसमेत पहिचान गर्ने बताए । हेलिकप्टरमा सवार पाइटलसहित छ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकाली नागरिक रहेका थिए ।

हेलिकप्टर दुर्घटनाका पाइलट र यात्रुको सूची

शेयर गर्नुहोस:

1.2k
Shares