मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै, ५० शय्याको आयुर्वेद अस्पताल बन्दै

आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै, ५० शय्याको आयुर्वेद अस्पताल बन्दै

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । जिल्ला आयुर्वेदिक स्वास्थ्यकेन्द्र रत्ननगरबाट चालू आर्थिक वर्षको ११ महिनामा ८३ हजार बढीले सेवा लिएका छन् । सोमबार आयोजित आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार ३७९ जनाले सेवा लिएका हुन् ।

स्वास्थ्यकेन्द्रमा उपचार गराउन आएका बिरामीहरुले १० प्रकारका सेवा लिएका छन् । ५० हजार ८३३ जनाले बहिरङ्ग चिकित्सा, ५ हजार १३७ जनाले योग सेवा, ९ हजार ६६३ जनाले पूर्वकर्म/पञ्चकर्म, ६ हजार ६८० जनाले ज्येष्ठ नागरिक सेवा, एक हजार २९ जनाले स्तनपाई आमा तथा शिशु सेवा, ६ हजार ३९४ जनाले नागरिक आरोग्य स्वास्थ्यसेवा, २ हजार ८५९ जनाले ल्याब सेवा, ४९१ जनाले अकुपञ्चर सेवा, २३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको केन्द्रकी प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिइन् ।

डा. अधिकारीले निरोगी हुनुमात्रै स्वस्थ हुनु नरहेको बताउँदै मानिस शारीरिक, मानसिक र सामाजिक रुपमा पनि स्वस्थ हुन आवश्यक रहेको बताइन् । त्यसका लागि योग, प्राणायाम, आहार, जीवनशैली व्यवस्थापन र पञ्चकर्ममा ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

पछिल्लो समय आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएको छ । रत्ननगरमै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा आइसकेको छ । सरकारले ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरू गरिसकेको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम २० प्रतिशत पूरा भएको जनाइएको प्रमुख अधिकारीले जानकारी दिइन् । चालू आर्थिक वर्ष २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि चार करोड बजेट विनियोजन भएर काम भइरहेको उनले बताइन् । बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः तीन करोड ५० लाख बजेट विनियोजन गरिसकेको उनको भनाइ छ ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पताल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब १३ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको जग्गामा आयुर्वेद अस्पतालको भवन बन्न लागेको हो । नयाँ भवनमा अस्पतालको शøयाका अतिरिक्त थेरापी शøया, योग हल, ल्याब, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रवक्ता एवं वडा नं–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले आयुर्वेद स्वास्थ्यकेन्द्रका लागि जनप्रतिनिधिका रुपमा गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए । आयुर्वेद चिकित्सा अहिले नेपालमा प्रभावकारी बन्दै आएको भन्दै आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई अझ सशक्त बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।

जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोनापछि प्रभावकारी बनेको बताए । ‘आयुर्वेदलाई पहिले कागजमा औषधि पोका पारेर दिने भन्ने बुझेको थिएँ’, उनले भने, ‘तर आयुर्वेद त्यतिमा सीमित होइन रहेछ, आयुर्वेद पद्धतिले विश्वव्यापी प्रभाव जमाइसकेको छ ।’

केन्द्रका सूचना अधिकारी देवेन्द्र यादवले सञ्चालन गरेको सो कार्यक्रममा आयुर्वेद स्वास्थ्य विभागका डा. शारदा खनाल, नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्यले मन्तव्य राखेका थिए ।