मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   

ड्यालसमा स्वास्थ केन्द्रको सहयोगार्थ गाला डिनर

ड्यालसमा स्वास्थ केन्द्रको सहयोगार्थ गाला डिनर


ड्यालस (टेक्सस) । चितवनको देवघाटमा रहेको सुस्वास्थ केन्द्रको सहयोगार्थ टेक्ससमा गाला डिनर कार्यक्रम हुने भएको छ ।

केन्द्रको सहयोगार्थ ड्यालसको अर्भिङ्गमा रहेको करीलिफ रेष्टुरेन्टमा आउँदो जुलाई २२ तारिक साँझ गाला डिनर आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन् ।

सुस्वास्थ केन्द्रले देवघाटधाममा विगत पाँच वर्षदेखि अनाथ, वृद्धवृद्धा, टुहुरा, अपाङ्गलाई निशुल्क स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

त्यस अवसरमा हालसम्म केन्द्रलाई सहयोग गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । गाला डिनरको प्रवेश शुल्क ३५ डलर राखिएको छ ।

टेक्ससको टेम्पल सिटीमा रहेको भिए अस्पतालमा कार्यरत डा.कृष्णप्रसाद खनालको सकृयतामा यो कार्यक्रम हुन लागेको हो । विगत १७ वर्षदेखि अमेरिकामा बसेर चिकित्सा पेशामा संलग्न डा. खनाल नियमित रुपमा नेपाल जाने र त्यहाँ रहेका बिरामी, अनाथहरुको उपचारमा संलग्न रहँदै आएका छन् ।

‘३५ डलर त्यति ठूलो रकम पनि होइन । आउनुस् खानासँगै कार्यक्रमका बारेमा कुराकानी गरौं, सानो सहयोगले पनि नेपालमा ठूलो काम बन्नसक्छ’ डा. खनालले हिमालयखबरसँग भने ।