अमेरिका समाचार

नेपालीले पाएको टीपीएसको म्याद थपियो

नेपालीले पाएको टीपीएसको म्याद थपियो

साँढे १४ हजार नेपालीलाई फाइदा पुग्ने


शेयर गर्नुहोस:

7.2k
Shares

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाले नेपालीलाइ प्रदान गरेको अस्थायी बसोबास सुविधा (टीपीएस) पुनः १८ महिना थप भएको छ । अब टिपिएसको अवधि २०२५ को जुन २४ सम्म कायम गरिएको छ ।

अमेरिकाको डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटिज (डीएचएस)ले यसै साता टीपीएसको अवधि थप गरेको जनाएको छ । यो निर्णयले टीपीएस लिएका करिव १४ हजार पाँचसय नेपालीलाई सुविधा पुग्ने डीएचएसले जनाएको छ । हालसम्म टीपीएसमा भएकाले यो सुविधा कायम राख्न भने तोकिएको नियमानुसार नविकरण भने गर्नु पर्ने हुन्छ ।

Advertisement

डीएचएसले नेपाल सँगै एल साल्भाडोर, होन्डुरस, निकारागुवाका नागरिकले पाएको टीपीएस सुविधाको अवधि पनि थप गरेको छ । नेपालमा सन् २०१५ अप्रिलमा गएको महाभुकम्पका कारण त्यसवेला यहाँ अमेरिकामा रहेका नेपालीलाई अमेरिकाले टीपीएस दिएको थियो । दैवी प्रकोप लगायतका घटना भएमा तत्कालिन समयमा अमेरिकामा भएकालाई टीपीएस सुविधा दिदै अाएको छ ।

https://www.dhs.gov/news/2023/06/13/dhs-rescinds-prior-administrations-termination-temporary-protected-status#:~:text=DHS%20is%20extending%20the%20designation%20of%20Nepal%20for%20TPS%20for,the%20eligibility%20requirements%20for%20TPS.

 

शेयर गर्नुहोस:

7.2k
Shares