मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्‍याउँछ : स्वास्थ्यमन्त्री

सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्‍याउँछ : स्वास्थ्यमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनु नपर्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारामा आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्‍याउने बताए ।

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताए ।

“विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ”, उनले भने ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।

मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताए । रासस