मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्ससमा रक्तदान सम्पन्न

टेक्ससमा रक्तदान सम्पन्न

हिमालय खबर

शेयर गर्नुहोस:

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका र हिमालय हेल्थ क्लिनिकको संयुक्त आयोजनामा शनिबार ड्यालसमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता एवं बिडिएको स्थापना दिवसका अवसरमा रक्तदान आयोजना गरिएको हो ।

युलेसस्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा आयोजना भएको उक्त रक्तदानमा १८ जनाले रक्तदान गर्ने इच्छा जनाएका थिए । तर परिक्षण पश्चात १३ जनामात्र योग्य ठहरिएका थिए ।
कार्यक्रम ब्लक डोनर्स अमेरिका, हिमालय हेल्थ क्लिनिक र टेक्सस नेप्लिज मेडिकल एसोसिएसनको संयुक्त आयोजनामा भएको थियो ।

गत महिनाबाट युलेसमा सरेको मन्दिर प्रांगणमा पहिलोपल्ट शनिबार कार्यक्रम आयोजना भएका कारणले रक्तदाताहरु कम भएका हुन् । आगामी दिनहरुमा मन्दिर तथा यहाँ हुने गतिविधिहरु शनिबार र आइतबार दुबै व्यस्त राख्ने नीति अनुसार रक्तदान कार्यक्रमलाई शनिबार राख्ने तयारी भैरहेको छ ।

‘असाध्यै गर्मीका बाबजुत पनि १३ जनाबाट रक्तदान हुनु निकै सुखद पक्ष हो’ हिमालय हेल्थ क्लिनिकका व्यबस्थापक राज श्रेष्ठले भने । ब्लड डोनर्सले हरेक महिना मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम गर्ने नीति लिएको बिडिए टेक्सस च्याप्टर अध्यक्ष अजयराज बगालेले बताए ।