मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा महत

अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा महत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले अर्थतन्त्रलाई गति पैदा गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाउने बताए ।

यस्तै, बजेटमा तीव्र आर्थिक विकास गर्ने, गुणस्तरीय सामाजिक विकास न्याय, लगानीमैत्री वातावरण बनाई निजी क्षेत्रको मनोबल उच्च आय तथा रोजगारीको गरिबी न्यूनीकरण गर्ने, समृष्टिगत आर्थिक स्थायित्व, सङ्घीयताको सबलीकरण र सुशासन तथा सार्वजनिक खर्च वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

आगामी आर्थिक वर्षको बजेटले कृषि, ऊर्जा, पर्यटन लगानी प्रवर्द्धन, औद्योगिक विकासलाई प्राथमिकता दिएको छ । यस्तै, बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउने, सामाजिक सुरक्षामा ध्यान दिने तथा पूर्वाधार निर्माण, विद्युतीय प्रणालीको विकासलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, वातावरणको संरक्षण पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सार्वजनिक वित्तीय प्रणालीमा सुधार वित्तीय सङ्घीयताको सबलीकरण गर्ने बजेट प्रणालीमा सुधार गर्ने लक्ष्य राखिएको छ । यस्तै, बजेटले उस्तै प्रकृतिका २० वटा संस्थासमेत खारेज गरेको छ । रासस