मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

हिमालय खबर

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाखबराबरको माल वस्तु आयात गरेको छ ।

दश महिनाको अवधिका कुल रु १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाखबराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले रु एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ । सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ ।

आव २०७८/७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ ।

विभागका अनुसार आव २०७८/७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाखबराबरको कुल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ ।

कुल कारोबारका आधारमा आव २०७८/७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ । रासस