मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

ह्युस्टनमा नेपालीले शुरु गरे रियलस्टेट ब्रोकरेज फर्म

ह्युस्टनमा नेपालीले शुरु गरे रियलस्टेट ब्रोकरेज फर्म


ह्युस्टन (टेक्सस)- अमेरिकामा नेपालीहरुले गरिरहेको एउटा चल्तिको व्यवसाय रियलस्टेट एजेन्सी पनि हो। प्राय नेपालीहरुको बढी बसोबास रहेको सबै अमेरिकी सहरहरुमा नेपाली रियलस्टेट एजेण्टहरु (रियल्टर) सक्रिय रहेकाछन्।

यसै सन्दर्भमा हालसालै टेक्ससको ह्युस्टनमा धेरै पहिलेदेखि रियल्टरको रुपमा सेवा गरिरहेका नेपाली रियल्टर विक काफ्लेले आफ्नै रियल्टी फर्म—स्तुपा रियल्टी (Stupa Realty) संचालनमा ल्याएकाछन्। संभवत ह्युस्टनमा संचालनमा आएको रियलस्टेट ब्रोकरेज फर्महरु मध्ये नेपालीको स्वामित्व भएको स्तुपा रियल्टी नै पहिलो फर्म हुनु पर्दछ।

नेपाली स्वामित्वको पूर्ण रियल स्टेट ब्रोकरेज फर्म (Real Estate Brokerage Firm) को रुपमा स्तुपा रियल्टीले घर, व्यवसाय र जग्गा लगायत रियल स्टेट किन्न, बेच्न वा लगानी गर्न खोज्ने ग्राहकहरूलाई आवश्यक सबै प्रकारका सेवा प्रदान गर्ने सामर्थ्य राख्ने यसका संचालक विक काफ्लेले हिमालय खबरलाई बताएकाछन्।

आवासीय र व्यावसायिक सम्पत्ति दुबैमा विशेषज्ञस्तरको सेवा दिन सक्षम स्तुपाका संचालक काफ्ले विगत २२ वर्षदेखि ह्युस्टनमा नै बस्दै आएका छन् र नेपाली समुदायका सक्रिय सदस्य समेत हुन्। “उत्कृष्ट सेवा दिने र सेवाग्राहीहरुसंग दीर्घकालीन सम्बन्धहरू स्थापना गर्न उच्चतम कोशिस गर्ने लक्ष्य राखेका काफ्ले व्यापक बजार ज्ञान र नवीन बजार रणनीतिहरुसंग सेवाग्राहीहरुको अपेक्षाहरुलाई पुरा गर्न आफू सक्षम रहेको धारणा राख्दछन्।

कम्पनी शुरुवातको अवसरमा स्तुपा रियल्टीले सम्पत्ति कर बृद्धिसंग सम्बन्धित दाबी-विरोध ( प्रोटेष्ट)का लागि आवश्यक परामर्श सेवा निशुल्क दिने बताएको छ। मे १५ मा अधिकांश काउन्टीहरूमा कर वृद्धि विरुद्ध प्रोटेष्ट फाइल गर्ने अन्तिम म्याद रहेकाले त्यस अघि नै आवश्यक सेवा चाहिएमा स्तुपा रियल्टीमा सम्पर्क गर्न सकिने संचालक काफ्लेले हिमालय खबरलाई जानकारी गराएकाछन्।