मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपाल र अष्ट्रेलियाबीच हवाई उडान र पर्यटन प्रवर्द्धन साझेदारीबारे छलफल

नेपाल र अष्ट्रेलियाबीच हवाई उडान र पर्यटन प्रवर्द्धन साझेदारीबारे छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तार र पर्यटन प्रवर्द्धनका लागि साझेदारी गर्ने सम्बन्धमा बिहीबार छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालीका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोकबीच मन्त्रालयमा भएको भेटमा दुई देशबीच हवाई उडान र पर्यटनका विषयमा छलफल भएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्पर्क सञ्जाल विस्तारका लागि यसअघि नै प्रक्रिया अघि बढिसकेको छ । यसका लागि मन्त्रालयमा कार्ययोजनासमेत पेश भइसकेको छ ।

अष्ट्रेलियामा सीधा उडानका लागि नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्रक्रिया अघि बढाइएको जानकारी दिए । “सरकारले वायुसेवा निगमलाई अष्ट्रेलिया उडानका लागि आधिकारिक एयरलाइन्स तोकेको छ”, उनले भने, “अष्ट्रेलियामा हवाई उडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।”

सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । नेपालले हालसम्म ४० मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।

बिहीबार पर्यटनमन्त्री किरातीले ‘इन्टर्नशिप’का लागि फ्रान्स गएका विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्दै फ्रान्समा नेपालको राम्रो सभ्यता छाडेर आउन आग्रह गरे ।

“अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदैछ तपाईंहरुको आवश्यकता त्यहाँ पनि पर्छ राम्रो अध्ययन गरेर आउनुहोला । तपाईंहरुले एक वर्ष त्यहाँ सिक्न मात्रै जाँदै हुनुहुन्न यो देशको राम्रो सभ्यतासमेत छाडेर आउनुहुनेमा विश्वास छ”, पर्यटनमन्त्री किरातीले भने ।

होटल व्यवस्थापन विषय अध्यनरत २४ विद्यार्थीलाई पर्यटनमन्त्रीले बिदाइ गरेका हुन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का विद्यार्थीहरुले फ्रान्सको सेभोलेमा रहेको १०० वर्ष पुरानो विश्वाविद्यालयमा एक वर्ष इन्टर्नसिप गर्नेछन् ।

साथै फ्रान्सबाट नाथममा इन्टर्नसिप गर्नका लागि शुक्रबार विद्यार्थीहरु यहाँ आउने कार्यक्रम रहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले जानकारी दिए । रासस