मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

न्युयोर्कमा नयाँ वर्ष २०८० भव्यरूपमा मनाइयो

न्युयोर्कमा नयाँ वर्ष २०८० भव्यरूपमा मनाइयो


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क । जिपी कोइराला फाउन्डेसनको आयोजनामा न्युयोर्क ज्याक्सन हाइट्सस्थित जुइस हलमा विशेष समारोह एवं साङ्गीतिक माहोलबीच नयाँ वर्ष २०८० भव्यरूपमा मनाइएको छ ।

सो अवसरमा अमेरिकी कंग्रेसकी कंग्रेस ओमेन ग्रेस मेगम्ले आफूलाई नेपाली समुदायको औधी माया लाग्ने र हर सुखदुःखमा साथ र सहयोग दिन तत्पर रहेको र फाउन्डेसनको गतिविधिप्रति बधाई एवं शुभकामना व्यक्त गरिन् ।

Advertisement
ADVERTISEMENT

प्रमुखअतिथि सरकारको न्युयोर्कस्थित कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गर्दै नेपाल र अमेरिकाबीचको घनिष्ट पारस्परिक सम्बन्ध रहेको र जिपिके फाउन्डेसन अमेरिकाले सबै समुदायसँग हातेमालो गर्दै अत्यन्त प्रशंसनीय कार्य गरिरहेको बताए । फाउन्डेसनले अमेरिकामा पनि समाजसेवामा समर्पित भई नेपाल र नेपालीलाई चिनाउन र अमेरिकी निर्वाचित पदाधिकारीहरू संघ, प्रदेश, नगर र स्थानीय तहमा एउटा पुलको भूमिका गरेको बताए ।

कार्यक्रममा न्युयोर्क राज्यका कम्पट्रोलर थोमस डी नापोलीबाट नयाँ वर्षको भिडियो शुभकामना, एनवाई सी मेयर इरिक एडम्सको कार्यालयबाट साउथ एसियन कम्युनिटी अफियर्सकी डाइरेक्टर धनपथ सुकरानीले शुभकामना व्यक्त गरिन् । यस्तै, एनवाइसी मेयर ह्युमन राइट्स कमिसन अफिसका फ्लोरा फ्रेङ्ग, लिड एडभाइजर टु एसियन कम्युनिटिज्ले शुभकामना व्यक्त गर्दै कुनै पनि मानवअधिकार उल्लङ्घनका विषयमा सम्पर्क गर्न आह्वान् गरे ।

यस्तै, न्युयोर्क राज्य सिनेटर जोन लु, सिनेटर माइकल जियानारिस, न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य जेनिफर राजकुमार, न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य जेसिका गोन्जालेज रोहास, न्युयोर्क सिटी काउन्सिल ओमेन जुली वान, न्युयोर्क राज्यका नवनिर्वाचित प्रदेशसभा सदस्य स्टेभेन रागालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

करिब तीन घन्टा साङ्गीतिक माहोलसहित सञ्चालित सो कार्यक्रम फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले सञ्चालन गरेका थिए ।

फाउन्डेसनले आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेको थियो भने विभिन्न व्यक्ति एवं संस्थाहरूलाई सम्मानसमेत गरेको थियो । फाउन्डेसनको तर्फबाट हार्दिक धन्यवाद दिँदै प्रवक्ता रामचन्द्र अधिकारीले नव वर्ष कविता वाचन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

शेयर गर्नुहोस:

918
Shares