मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

नेपालका बैंकहरूको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

केन्द्रीय बैंकद्वारा मंगलबार चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन् ।

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उनको भनाइ छ ।

उनले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताए । “समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्याङ्कहरु पनि बलिया छन्”, उनले भने ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंकको ब्याजदर राष्ट्र बैंकले निधारण गर्ने नभई बजारले नै निर्धारण गर्ने बताए । तरलताको प्रभाव ब्याजदरमा पर्ने बताउँदै उनले वित्तीय बजारमा तरलता सहज हुँदा ब्याजदर घट्ने र तरलतामा चाप भए ब्याजदर बढ्ने तथा राष्ट्र बैंक नियमक मात्रै रहेकाले सोहीअनुसार ब्याजदर घटबढ हुने बताए ।

पछिल्लो समय तरलतालगायत वित्तीय सूचक सहज हुँदै गएकाले बजारमा उपलब्ध हुने तरलता र ऋणको जोखिम हेरेर बैंकहरूले नै ब्याजदर निर्धारण गर्ने उनको भनाइ छ । रासस