मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न सांसद्हरुको माग

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न सांसद्हरुको माग


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका हुन् ।

Advertisement
ADVERTISEMENT

बैठकमा सांसद् विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय नेपालको संविधानअनुसारको प्रावधानविपरीत रहेको बताइन् । सांसदद्वय सुशीला थिङ र सुशीला श्रेष्ठले पनि एकल महिलाबाट जन्मिएका बच्चाको मावलीको थर राख्ने प्रावधानप्रति असहमति प्रकट गर्दै यसमा आमाको थर भन्नुपर्ने माग गरे ।

सांसद् विजुला रायमाझीले अर्घाखाँचीमा बेमौसमी वर्षाले पु¥याएको क्षतिप्रति जानकारी गराउँदै उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद् विना लामाले गाउँपालिकाहरुमा सानो उपचारका लागि पनि ठूलो खर्च गरेर ठूला सहर धाउनुपर्ने बाध्यता हटाउन माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले यही चैत २१ गते चितवनमा हात्तीको सुँड काटिएको जानकारी गराउँदै दोषीलाई कारबाही गरी हिंसारहित पर्यटनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद् शान्ति विकले अझै जातीय विभेद यथावत् रहेको अवस्थामा यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरे । सांसद् शान्ति श्रेष्ठले जोरपाटी क्षेत्रमा चार पुल जीर्ण र साँघुरो भएको जानकारी गराउँदै नयाँ पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद् शिव नेपालीले पोखरादेखि मुग्लिनसम्म सडक खण्ड स्तरोन्नति गर्ने क्रममा उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यमा असर पारेकाले शीघ्र निर्माण कार्य सम्पन्न गर्न माग गरुे ।

सांसद शिशिर खनालले टोखा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानीको पाइपमा भएको क्षतिले स्थानीय बासिन्दाले खानेपानीबाट वञ्चित भएको अवगत गराउँदै सो समस्या तत्काल समाधानका लागि माग गरे ।

सांसद् शेरबहादुर कुँवरले पुँजीगततर्फको बजेट नै कम भएपछि विकासका गतिविधि प्रभावित हुने भएकाले यसमा बजेटको र खर्चको उचित व्यवस्था गर्न माग गरे । सांसद शोभा ज्ञवालीले मिटरव्याज पीडित पश्चिम तराईमा पनि रहेको बताउँदै यो समस्या समाधान गर्दा कुनै पनि विषयबाट प्रभावित हुन नहुनेमा जोड दिइन् ।

सांसद शङ्कर भण्डारीले सिन्धुलीगढीमा देशको रक्षाका लागि लडेका वीरयोद्धाको उचित कदर गर्न सरकारसँग माग गरे । सांसद सरस्वती बजिमयले खोटाङ हलेसी क्षेत्रमा बाटो निर्माण तथा स्तरोन्नति गरी जोखिम नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद् सरिता भुसालले पश्चिम नवलपरासीमा केही क्षेत्र गुगल नक्सामा भारतको नक्सामा देखिएकाले भन्दै यसबाट जनताले राज्यबाट लिने सेवा प्रभावित हुनुपरेको अवस्थामा समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद् सुनिता बरालले कृषि क्षेत्रमा युवालाई संलग्न गराउन तथा आशामुखी बनाउन उत्पादनसँग जोड्ने कार्यक्रम ल्याउनपर्ने सरकारसँग माग गरिन् ।

सांसद् सुमना श्रेष्ठले यसअघिको साझा न्यूनतम कार्यक्रममा आफ्नो पार्टीले दिएका सुझाव समेटिएको भए पनि बिहीबारको नयाँ साझा न्यूनतम कार्यक्रमबाट हटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद् सञ्जय गौतमले आफ्नो जिल्लामा १० वर्षदेखि पुल बनाउन माग गरे पनि अझै निर्माण नभएको भन्दै शीघ्र निर्माणका लागि आग्रह गरे ।

सांसद् ज्ञानबहादुर शाहीले सरकारले आन्तरिक उद्योगलाई बढावा दिने नीति ल्याउन माग गरे । सांसद् हरि ढकालले शून्य समयमा बोलेका कुरा सरकारले नसुनेको भन्दै एक मिनेट मौनधारण गरे । सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी कोशी गाउँपालिकामा सिँचाइका लागि उचित प्रबन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

शेयर गर्नुहोस:

108
Shares