मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

नेवाः गुठी न्युयोर्कले मनायो विश्व नेवाः दिवस

नेवाः गुठी न्युयोर्कले मनायो विश्व नेवाः दिवस

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । नेवाः गुठी न्युयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो ।

गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षता र नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्युयोर्क राज्यका सिनेटर जेसिका रामोस, एसेम्व्ली मेम्बर स्टेभन रागा, न्युयोर्क सिटीका प्रतिनिधिहरुलगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेवाः संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रमसहित मनाइएको विश्व नेवाः दिवस कार्यक्रममा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन र पूर्वअध्यक्ष समीर महर्जनले विशेष मन्तव्य राखेका थिए भने नेपालका लागि पर्यटन दूत केशवराम राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कविना महर्जन सिंह र सम्राट सिंहले सञ्चालन गरेको कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले अतिथिहरुलाई स्वागत गरेका थिए । न्युयोर्कमा गठन भएको नेवाः युथ कार्यक्रमका श्रेया तुलाधर र समीया महर्जनले नेवाः संस्कृति, भाषा र परम्परा जोगाउन सुरु गरिएको अभियानबारे प्रष्ट पारेका थिए ।

१५ वर्षदेखि ३० वर्ष उमेर समूहका नेवाः युवाहरुलाई समेटेर बनाइएको यो अभियानमा सहभागिताका लागि नेवाः युथहरुलाई आव्हानसमेत गरिएको छ । त्यस्तै कार्यक्रममा स्वनिया महर्जनले नेवारी नृत्य गरेका थिए भने सिर्जना तुलाधर, लक्ष्मी श्रेष्ठ र हृदय तुलाधरले कविता वाचन गरेका थिए ।

कार्यक्रममा न्युयोर्क राज्य तथा स्थानीय तहका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै नेवाः संस्कृति, परम्परा र भाषाको क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

नेवाः संस्कृति, परम्परा र भाषा संरक्षण, प्रवर्द्धन एवं पुस्तान्तरणका लागि नेवाः गुठी न्युयोर्क सधैँ क्रियाशिल भएको भन्दै अध्यक्ष विजयमान सिंले गुठीले प्रकाशन गरेको स्मारिकामा धेरै कुरा समेटिएको जानकारी दिए । उनले आगामी दिनमा राज्य तथा स्थानीय सरकारसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाइरहेको जानकारी दिए ।