मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति

सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । युनियनले शनिबार विज्ञप्ति जारी गरी सभामुख घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर व्यक्त विचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो ।

“पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्, सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद हो”, विज्ञप्तिमा भनिएको छ ।

लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्ने जनाउँदै युनियनले सञ्चार क्षेत्रका समस्यालाई न्यूनीकरण गर्दै व्यावसायिक र जवाफदेही बनाउन नेपालकोे प्रेस जगत प्रतिबद्ध रहेको उल्लेख गरेको छ । तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर नेपालको स्वतन्त्र प्रेसविरुद्ध व्यक्त विचार अशोभनीय भएको युनियनको आरोप छ ।