अमेरिका समाचार

अमेरिकी राजदूत खत्रीद्वारा दुई नेपाली युवती सम्मानित

अमेरिकी राजदूत खत्रीद्वारा दुई नेपाली युवती सम्मानित


शेयर गर्नुहोस:

513
Shares

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सन् २०२१ र २०२२ का लागि अमेरिकी विदेशमन्त्रीको इन्टरनेशनल वुमन अफ करेज अवार्डबाट सम्मानित दुई नेपाली युवती सुश्री मुस्कान खातुन र सुश्री भूमिका श्रेष्ठको सम्मानमा आज आफ्नो सरकारी निवासमा स्वागत समारोह आयोजना गरेका छन् ।

साहसी महिला अवार्ड विजेताहरुलाई स्वागत गर्दै राजदूत खत्रीले उनीहरुको उपलब्धिको लागि बधाई दिँदै उनीहरुसहित सबै नेपाली महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

Advertisement

मुस्कान खातुन एक मानवअधिकार र महिला अधिकारवादी अभियन्ता हुन्, जसले नेपालमा एसिड आक्रमणलाई अपराधीकरण गर्ने नयाँ कानुन ल्याउन र पीडकहरूविरुद्ध कडा सजायको व्यवस्था गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

भूमिका श्रेष्ठ सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसंख्यक अधिकार र सामाजिक न्यायको पक्षमा एक ट्रान्सजेन्डर अभियन्ता र अधिवक्ता हुन् । उनले नेपालमा लैङ्गिक अल्पसंख्यक पहिचानको आन्दोलनको नेतृत्व गरिसकेकी छिन् ।

शेयर गर्नुहोस:

513
Shares