मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राजदूत खत्रीद्वारा दुई नेपाली युवती सम्मानित

अमेरिकी राजदूत खत्रीद्वारा दुई नेपाली युवती सम्मानित

हिमालय खबर

अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले सन् २०२१ र २०२२ का लागि अमेरिकी विदेशमन्त्रीको इन्टरनेशनल वुमन अफ करेज अवार्डबाट सम्मानित दुई नेपाली युवती सुश्री मुस्कान खातुन र सुश्री भूमिका श्रेष्ठको सम्मानमा आज आफ्नो सरकारी निवासमा स्वागत समारोह आयोजना गरेका छन् ।

साहसी महिला अवार्ड विजेताहरुलाई स्वागत गर्दै राजदूत खत्रीले उनीहरुको उपलब्धिको लागि बधाई दिँदै उनीहरुसहित सबै नेपाली महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

मुस्कान खातुन एक मानवअधिकार र महिला अधिकारवादी अभियन्ता हुन्, जसले नेपालमा एसिड आक्रमणलाई अपराधीकरण गर्ने नयाँ कानुन ल्याउन र पीडकहरूविरुद्ध कडा सजायको व्यवस्था गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।

भूमिका श्रेष्ठ सन् २००७ देखि नेपालमा लैङ्गिक अल्पसंख्यक अधिकार र सामाजिक न्यायको पक्षमा एक ट्रान्सजेन्डर अभियन्ता र अधिवक्ता हुन् । उनले नेपालमा लैङ्गिक अल्पसंख्यक पहिचानको आन्दोलनको नेतृत्व गरिसकेकी छिन् ।