ड्यालस (अमेरिका) । डी टाउन (D-Town) फुटबल क्लब र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा यही मार्चको अन्तिम साता ड्यालसमा ३५ वर्षभन्दा माथि उमेर समूहको फुटबल प्रतियोगिता हुने भएको छ ।
युवालाई मात्र नभएर फुटबल खेलप्रति वयष्कलाई समेत जागरुक बनाउन यस प्रकारको प्रतियोगिता हुन लागेको हो । यसमा सहभागी हुनका लागि सहभागीले अनिवार्य रुपमा ३५ वर्ष उमेर पार गरेको हुनुपर्छ ।
सन् २०१८ मा सानो समूहबाट सुरु भएको क्लबमा अहिले ५० जना भन्दा बढी सदस्यहरु र नियमित रुपमा खेल खेलिरहनेहरु आवद्ध छन् । यस पटक क्लबको पाँचौ वार्षिक उत्सवका अवसरमा प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएका छन् ।
पाँचसय डलर रजिष्ट्रेशन शुल्क तिरेर अहिलेसम्म १० टीम दर्ता भैसकेका छन् । प्रतियोगिता मार्च २५ तारिक शनिबार फोर्टवर्थको रोलिंग हिल सकर कम्प्लेक्समा हुनेछ ।
प्रतियोगितामा पहिलो हुनेले तीनहजार र दोस्रो हुनेले एकहजार पाँचसय डलर राशीको पुरस्कार पाउनेछन् । यो प्रतियोगिताको प्लाटिनियम प्रायोजक भास्टिका ग्रप रहेको छ ।
प्रतियोगितामा भाग लिन इच्छुक समुले यही मार्च १५ तारिकभित्र टीम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया