मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजल गायनमा अमेरिकाबाट नौलो प्रयास

गजल गायनमा अमेरिकाबाट नौलो प्रयास

हिमालय खबर

ड्यालस (टेक्सस) – अमेरिकामा रहेर नेपाली गजलको क्षेत्रमा क्रियाशील ‘गजलयात्रा’को अगुवाईमा ने

पाली गजल गायनमा नयाँ प्रयोग भएको छ ।

एउटै गजलमा ८ फरक गजलकारहरुको १-१ शेर समावेश गरेर तयार गरिएको साँगीतिक गजल ‘तिमीलाई हेर्दाहेर्दै‘ अमेरिकाको समय अनुसार शुक्रवार साँझ ७ बजे (मार्च ३ २०२३) गजलयात्राको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका ८ गजलकारको उक्त संयुक्त गजलमा संगीत र गायन भने गायक तथा संगीतकार केशव पौडेलको र एरेन्ज जुगल डंगोलको छ ।

गजलकार आनन्द श्रेष्ठको मतला रहेको सो गजलमा पवन लामिछाने, कृष्ण कुसुम, रोहित राना, गोवर्धन पूजा, डिल्लु चम्लागाई, बासुपुष्पा अधिकारी र सतीश त्रिपाठीका शेर समावेश छन् ।

‘हामी सधैं नयाँ केहि गरौं भनेर लागिरहेका हुन्छौं, त्यहि क्रममा यो काम गरिएको हो’ गजलयात्राका संस्थापक मध्येका एक गजलकार पवन लामिछानेले भने – ‘कोरोनाको त्रासदीपूर्ण समयमा हामी नजिकका साथीहरु एउटा शेर लेख्दै बाँकी शेर थपेर गजल पुरा गर भनेर फ़ेसबुक समुहमा पालैपालो राख्थ्यौं र एउटा गजल पुरा गर्थ्यौं । त्यहि बिचमा १-१ शेर गजल वाचन गरिएको भिडियो हरु बनाएर अपलोड गर्यौं ।

पछि सबैको सल्लाहमा यौटा सॉंगीतिक गजल नै तयार गर्ने योजना बन्यो । मलाई लाग्छ नेपाली गजल गायनको इतिहासमा यो बिल्कुलै नयाँ प्रयोग हो । गजलको क्षेत्रमा भैरहेको गुटबन्दि र आरोप पत्यारोप चलिरहेको समयमा यस प्रकारको सहकार्यले नेपाली गजल क्षेत्रमा सकारात्मक शन्देश दिनेछ भन्ने आशा गरेका छौं ।’

सार्वजनिक भएको लिरिकल भिडियो ‘एक शेर गायन’ अभियानका संयोजक समेत रहेका गजलकार पवन लामिछानेले तयार गरेका हुन् ।