मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

रत्ननगरमा शैक्षिक बहस : विद्यार्थीसँग मेयर कार्यक्रम

रत्ननगरमा शैक्षिक बहस : विद्यार्थीसँग मेयर कार्यक्रम

केशव भट्टराई

शेयर गर्नुहोस:

540
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । रत्ननगर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुसँग रत्ननगर नगरकार्यपालिकाको सभाहलमा शैक्षिक बहस तथा अन्तक्र्रिया गरिएको छ । टिनएजर्स कोलाब्रेसनले प्रस्तुत गरेको ‘विद्यार्थीसँग मेयर कार्यक्रम’मा शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि भएका गतिविधिबारे मेयर, उपमेयर र नगरशिक्षा अधिकारीसँग प्रश्नोत्तर गरिएको थियो ।

कार्यक्रममा रत्ननगरभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका विद्यार्थीहरुले नगरले शिक्षा क्षेत्रमा गरेका गतिविधि, लगानी, शैक्षिक सुधार, व्यवस्थापन, अनुगमन र नतिजाको विषयमा सवाल उठाएका थिए ।

विद्यार्थीहरुले उठाएका विविध सवालको जवाफ दिँदै रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले रत्ननगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सीमित साधन र स्रोतका बाबजुद पनि शैक्षिक सुधारको थालनी भइरहेको उल्लेख गरे ।

उनले पढ्नबाट वञ्चित भएका गरिब तथा विपन्न विद्यार्थीलाई नगरले छात्रवृत्रि दिएर अध्ययन गर्ने वातावरण बनाएको बताए । ‘शैक्षिक क्षेत्रमा भएका विकृति र त्रुटिहरुलाई सचेत विद्यार्थीले औँल्याउन सक्नुपर्छ’, उनले भने, ‘शैक्षिक क्षेत्रको कमी-कमजोरी हटाउन र समस्या समाधान गर्न हामी चौबिसैघन्टा तत्पर छौँ ।’ मेयर सापकोटाले अध्ययन अध्यापनका क्रममा आइपर्ने कुनै पनि समस्या भएमा आफूलाई फोन, म्यासेजमार्फत जानकारी गराउन अनुरोध गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्र निजीकरणका कारण महँगो बन्दै गएको बताउँदै उनले सामुदायिक विद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्यय स्थानीय सरकारको हैसियतले नगरपालिकाको रहेको उल्लेख गरे । उनले भने, ‘आर्थिक समस्याकै कारण पढ्न नसकेका विद्यार्थीको जिम्मा नगरपालिकाले लिन्छ यसमा ढुक्क हुनुस् ।’

विद्यार्थीहरु लागूऔषध, मद्यपान र धूमपानको कुलतमा फस्दै गएको समस्याबारे सोधिएको जिज्ञासामा मेयर सापकोटाले पछिल्लो समय पूर्वी चितवन लागूपदार्थको हब बन्दै गएको यथार्थबारे नगरपालिका चिन्तित रहेको र कुलतमा फसेका युवाहरुलाई प्रहरीसँगको साझेदारीमा टिम नै तयार गरी दुव्र्यसनविरुद्ध अभियान चलाउन लागिएको बताए । लागूपदार्थको दुव्र्यसन, हरेक प्रकारका हिंसाबारे सचेतना फैलाउन विद्यालयस्तरमा शैक्षिक पाठ्यक्रममै समावेश गरिएको उनले प्रष्ट पारे ।

मेयर सापकोटाले पछिल्लो समय विद्यालयका भवनहरु अपाङ्गमैत्री बन्दै गएको र अपाङ्गता भएका विद्यार्थीका लागि नगरपालिकाले पढ्ने व्यवस्था मिलाएको बताए । अब अपाङ्गताकै कारण कोही पनि अध्ययन गर्नबाट वञ्चित हुनुनपर्ने उनको भनाइ थियो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाको एक अर्ब ३७ करोड रुपैयाँको कुल बजेटमध्ये २९ करोड रुपैयाँ शैक्षिक विकासका लागि छुट्याइएकोमा करिब २१ करोड रुपैयाँ शिक्षक तथा कर्मचारीको तलबमै खर्च हुने बताए ।

सीमित बजेटका कारण पनि विद्यालय भवन, पुस्तकालय, छात्रवृत्तिजस्ता कार्यक्रम सञ्चालन भएको उल्लेख गरे । नगरपालिकामा निर्वाचित भएर जेठ ८ गतेदेखि काम गरेकाले शैक्षिक गुणस्तरको नतिजा एकवर्षपछि मात्रै देखिने उनले बताए । उनले भने, ‘नगरपालिकामा रहेको शिक्षा शाखा, शिक्षा विकास समितिमार्फत विद्यालयहरुको अनुगमन गरी सुधार गर्नुपर्ने २३ वटा बुँदा कार्यान्वयन गर्न हरेक विद्यालयलाई निर्देशन दिइएको उनले सुनाए ।

नगर शिक्षा अधिकारी एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले प्राविधिक शिक्षातर्फ रत्ननगरमा सिभिल इन्जिनियरिङ, भेटेरिनरी, होटल म्यानेजमेन्ट, इलेक्ट्रिसिटी, कृषि विषयको अध्ययन सुरू भएको उल्लेख गर्दै प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थी बेरोजगार बन्नु नपर्ने बताए ।

स्रोत साधनको अभावमा सबै विद्यालयमा प्राविधिक विषयको पढाइ सम्भव नभएको उनले सुनाए । शिक्षक दरबन्दी मिलान गर्ने, १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने र शैक्षिक गुणस्तर सुधार हुँदै गएको उनले बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको जिकिर गर्दै उनले भने, ‘रत्ननगरमा जनजागृति मावि, बैरिया मावि, बागदेवी माविजस्ता उत्कृष्ट विद्यालय छन् । यी विद्यालयले गुणस्तरीय शिक्षाको उदाहरण देखाएका छन् ।’

टिनएजर्स कोलाब्रेसन संस्थाका अध्यक्ष दिपेश अधिकारीको अध्यक्षतामा सम्पन्न ‘विद्यार्थीसँग मेयर कार्यक्रम’मा नवीन थापाले प्रस्तोताको जिम्मेवारी निभाएका थिए । रत्ननगर नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजेन्द्र बराल, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।