मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मेरो डिस्काउन्टस् एप चितवनको भरतपुरमा शुभारम्भ

मेरो डिस्काउन्टस् एप चितवनको भरतपुरमा शुभारम्भ

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ । एप्सको बिहीबार भरतपुरमा शुभारम्भ गर्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले सूचना र प्रविधिको युगमा विभिन्न एप्सहरु बजारमा आएको भन्दै मेरो डिस्काउन्टस् एपले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

सबैको हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरुले एप्सको प्रयोग गर्ने भन्दै उनले सबै सेवासुविधा एकैठाउँमा पाउँदा ग्राहकहरुलाई सहज र उपभोक्तामैत्री सेवा प्रवाह हुने बताए । पछिल्लो समय आफ्नो होटलको करिब ५० प्रतिशत कोठाहरु अनलाइनबाट बुकिङ हुने गरेको भन्दै चुकेले मेरो डिस्काउन्टस् एप्सलाई होटल तथा रेष्टुराँहरुसहित सबै सेवासुविधा जोड्न सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरणमा अनलाइन बजार उत्कृष्ट गन्तव्य भएको बताए । डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य पाउन सघाउन पु¥याउने भएकाले सबैको पहुँचमा एप्स लैजानुपर्ने श्रेष्ठको भनाइ थियो । मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन डिजिटल बजारको मुख्य भूमिका हुने भएकाले एप्सले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।

मानिसको दैनिक जीवनमा नभई नहुने सम्पर्ण आवश्यकताहरु पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदीप चौधरीले बताए । भरतपुरमा बिहीबार आयोजित एप्सको शुभारम्भ तथा पत्रकार सम्मेलनमा चौधरीले यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरुलाई पनि फाइदा पुर्‍याउने बताए ।

विश्व बजारमा रहेका प्रख्यात अनलाइन मञ्चहरुको विशेष सुविधाहरु मेरो डिस्काउन्टस् एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ । “हामीले सजिलो र सहज रुपमा हाम्रो ग्राहकहरुले खरिद गरिने प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छूट दिने लक्ष्य राखेर एप्स सञ्चालन गरेका छौँ” चौधरीले भने । यस एप्सबाट व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्ने चौधरीले बताए ।

कम्पनीकी जनसम्पर्क अधिकृत अञ्जना मल्लले एप्सको मद्दतबाट ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना हुने बताए । मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरु उपयोग गर्न सक्ने उनको भनाइ छ । एप्सको मद्दतले व्यवसायीको बिक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न सहयोग पुग्ने मल्लले बताए ।