मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
यो कथा होइन   

कार्ल्सवर्ग इन्डिया र नेपालबाट नेपाली साझेदार खेतान समूह बाहिरिने

कार्ल्सवर्ग इन्डिया र नेपालबाट नेपाली साझेदार खेतान समूह बाहिरिने

झन्डै एक खर्ब रुपैयाँ नेपाली समूहले पाउने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । डेनमार्कको बियर उत्पादक कार्ल्सवर्गले भारत र नेपालमा कारोबार गर्न स्थापना भएको होल्डिङ कम्पनीमा रहेको नेपाली शेयर किन्ने भएको छ ।

कार्ल्सवर्ग साउथ एशिया प्रालिमा रहेको ३३ दशमलव ३ प्रतिशत नेपाली समूहको शेयर हिस्सा काल्सवर्गले किन्न लागेको हो । यो सम्झौताअनुसार नेपालमा कार्ल्सवर्गलगायतका बियर उत्पादन बिक्री वितरण गर्ने गोर्खा ब्रुअरी प्रालिमा रहेको ९० प्रतिशत शेयर पनि कार्ल्सवर्गले लिने भएको छ ।

भारतबाट प्रकाशित हुने आर्थिक पत्रिका द इकोनोमिक्स टाइम्सले प्रकाशित गरेको समाचारअनुसार दुई साझेदारबीच हुने पुट अप्सन सम्झौताअनुसार करिब ७४ करोड ४० लाख अमेरिकी डलरमा यो खरिद बिक्री हुन लागेको हो । यो सम्झौता सम्पन्न हुँदा नेपाली साझेदार खेतान समूहका सदस्यले करिब एक खर्ब नेपाली रुपैयाँ पाउने छन् । यो कारोबार संभवतः नेपाली व्यवसायीले गर्न लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो किनबेच हुने छ ।

साझेदारी शेयर खरिद बिक्रीका लागि सबैपक्षले राखेका मध्यस्तकर्ताबीच यो सहमति भएको हो । तर, किनबेच प्रक्रिया पूरा गर्न केही महिना लाग्ने छ । सन् २०२३ सम्म यो प्रक्रिया पूरा हुने बताइएको छ ।

नेपाल र भारतमा कार्ल्सवर्गको कारोबार खेतान समूहका सिपी खेतानले हेर्दै आएका थिए । नेपालमा गोर्खा ब्रुअरी करलगायत झमेलामा परेपछि सिपी सिंगापुरमा बसेर व्यवसायमा संलग्न थिए । खेतान समूहको प्रस्तावअनुसार यो सम्झौता हुन लागेको बताइएको छ ।

कार्ल्सवर्ग बियर नेपालमा गोर्खा ब्रअुरी र भारतमा कार्ल्सवर्ग इन्डियाले गर्दै आएको छ । दुवै कम्पनीको स्वामित्व सिंगापुरमा दर्ता भएको कार्ल्सवर्ग साउथ एशिया प्रालिसँग रहेको छ ।

गोर्खा ब्रुअरीको नेपालको बियर मार्केटमा सबैभन्दा बढी बजार हिस्सा छ । यस्तै, कार्ल्सवर्ग इन्डियाको पनि भारतको बियर बजारमा १७ प्रतिशत हिस्सा छ ।