मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
न्युयोर्क   
मुख्य समाचार   

विश्व जटिल युद्धतिर अगाडि बढिरहेको छ : राष्ट्रसंघका महासचिव

विश्व जटिल युद्धतिर अगाडि बढिरहेको छ : राष्ट्रसंघका महासचिव

विश्व युद्ध रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्न आग्रह

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रसिया-युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व बृहत्तर युद्धतर्फ गइरहेको डर देखिएको बताएका छन् ।

‘युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ’, महासचिव गुटेर्रेसले भने ।

महासचिव गुटेर्रेसले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाई रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्न आग्रह गरेका छन् ।

पूर्वी युक्रेनका सहरहरू नियन्त्रणका लागि युक्रेनी र रुसी सेनाबीच भीषण लडाइँ चलेको पनि झण्डै एक वर्ष भइसक्यो हालैका हप्ताहरूमा यो युद्ध थप जटिल र तीव्र बन्दै गएको छ ।

उनले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गरेका छन् ।

उनले ‘मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५औँ वर्ष पुगेको र यसले सबै जनताको अपरिहार्य अधिकारको जग स्वतन्त्रता, न्याय र शान्ति हो भन्ने मानकका रूपमा काम गर्नुपर्ने बताएको’ एबिसी न्युजले उल्लेख गरेको छ ।

‘विश्वले शान्तिका लागि कडा मेहनत गर्नुपर्छ’, गुटेर्रेसले भने, ‘युक्रेनमा मात्र नभई दशकौँ पुरानो इजरायल-प्यालेस्टाइन द्वन्द्व, जहाँ दुई राज्यको समाधान दिन प्रतिदिन झन् टाढा हुँदै गइरहेको छ ।’ उनले विश्व राजनीतिको समीक्षा गर्दै अफगानिस्तान, म्यान्मा, हाइटीलगायतका देशमा जारी राजनीतिक सङ्कटतर्फ पनि विश्व समुदायको ध्यान केन्द्रित गरेका छन् ।

महासचिवले सबै देशहरूले विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्दै द्वन्द्व रोकथाम र मेलमिलापमा ध्यान केन्द्रित गर्ने राष्ट्रसंघको बडापत्रमा पुनः प्रतिबद्ध हुने समय आएको स्मरण गराएका छन् । एएनआई