मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा आत्मदाहको प्रयास, दुई जना घाइते

पोखरामा आत्मदाहको प्रयास, दुई जना घाइते

हिमालय खबर

गण्डकी । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा–१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आइतबार शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् ।

ती दुवैलाई जलिरहेको अवस्थामा आइतबार दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

‘डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते हुनुभएको छ’, उनले भने, ‘अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।’

घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरू गरेको उनले जानकारी दिए ।