मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

पत्रकार लक्ष्मण तिवारीकी आमाको आज हिन्दु परम्परा अनुसार टेक्ससको ड्यालसमा अन्त्यष्टि

पत्रकार लक्ष्मण तिवारीकी आमाको आज हिन्दु परम्परा अनुसार टेक्ससको ड्यालसमा अन्त्यष्टि

-शंकर थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका- अमेरिकाको टेक्सस आउने क्रममा ड्यालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलमा हृदयघात भई निधन भएकी कन्चनपुरका पत्रकार लक्ष्मण तिवारीकी आमा सोमवती तिवारीको आज हिन्दु परम्परा अनुसार टेक्ससको ड्यालसमा दाहसँस्कार गरिएको छ ।

नेपाली समाज टेक्सस तथा सुदूरपश्चिम नेपाली समाज टेक्ससको बिशेष पहलमा ड्यालस स्थित ह्युजेस परिवार श्रद्धान्जली केन्द्र ड्यालसमा अन्त्यष्टि गरिएको हो ।

केन्द्रको हलमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा गैर आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद कोस्टारिका अध्यक्ष डा. खगेन्द्रराज चापागाई, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, सुदूरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष नवराज नाथ, महासचिब गोबिन्द शाही, नेपाल अमेरिका पत्रकार सँघ (नेजा) का केन्द्रीय अध्यक्ष बिकासराज न्यौपाने, महासचिब सुरज भण्डारी, केन्द्रीय सदस्य बाबुराम दहाल, सामाजिक अभियन्ता देबीडेविट आचार्य, सगरमाथा आरोही उषा बिष्ट लगायतका नेपाली समुदायका अगुवाहरुले स्वर्गिय सोमवती तिवारीप्रति श्रद्धान्जली दिनु भएको थियो ।

मृतकका परिवारको तर्फबाट छोरा आनन्द तिवारीले स्वर्गिय आमाको दाहसँस्कारको लागि सहयोग गर्ने नेपाली समाज, सुदूरपश्चिम नेपाली समाज टेक्सास लगायत नेपाली समुदायलाई धन्यवाद दिएका थिए ।

टेक्ससको फोर्टवर्थमा शुक्रबारका लागि तय भएको छोराको विवाहमा सहभागि हुन श्रीमान रामसिंह तिवारी सहित सोमवती तिवारी टेक्सास आएकी थिईन । टेक्सास स्थित ड्यालस फोर्टवर्थ अन्तराष्ट्रिय बिमानस्थलबाट बाहिरिने क्रममा अचानक अचानक सोमवती तिवारीलाई हृदयघात भएको थियो ।

यसैक्रममा नेपाल पत्रकार महासँघ कन्चनपुर जिल्लाका पूर्ब अध्यक्ष समेत रहेका पत्रकार लक्ष्मण तिवारीले सामाजिक सन्जाल मार्फत दिबँगत हुनु भएकी आमाको दाहसँस्कार कार्यक्रममा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने नेपाली समाज टेक्सस, सुदूरपश्चिम नेपाली समाज टेक्सस, नेपाल अमेरिका पत्रकार सँघ(नेजा) लगायत नेपाली समुदायका अगुवाहरुलाई धन्यवाद दिएका छन ।