मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘चीन–अमेरिका आर्थिक एवं व्यापारिक सम्बन्ध महत्त्वपूर्ण चरणमा’

‘चीन–अमेरिका आर्थिक एवं व्यापारिक सम्बन्ध महत्त्वपूर्ण चरणमा’


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क । चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्त्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता बुझ्नुपर्नेमा जोड दिएको छ ।

वासिङ्टनस्थित चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत सु सुयुवानले चिनियाँ नयाँ वर्षका अवसरमा चीन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा चीन–अमेरिका बीचको व्यापारिक सम्बन्ध बुझ्न सही समझ र चीनको विकासको दृष्टिकोणबारे जान्न जरुरी भएको बताए ।

दुई देशको व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक छ भन्दै उनले आपसी समस्या समाधानका निम्ति परस्पर सम्मान र लचिलोपन आवश्यक भएको बताए ।

अन्तर्राष्ट्रिय आर्थिक एवम् व्यापारसम्बन्धी नियमहरूको परिपालनामा उनले जोड दिए । पारस्परिक सहयोगबाट दुवै देश लाभान्वित हुने तथा टकराव र द्वन्द्वबाट पराजयबाहेक केही हात नलाग्ने यथार्थ चिनियाँ कूटनीतिज्ञले प्रस्तुत गरे । सिन्ह्वा

शेयर गर्नुहोस:

162
Shares